Skip to main content

Suchana Vatika

शुक्रबार फूलकोर्टमा के भयो सर्वोच्च अदालतको

बैठकमा न्यायाधीशहरुले संवैधानिक परिषदको सिफारिसबारे आफ्ना धारणा राखेका छन् ।

२५ वैशाख, काठमाडौं । विहीबारको संवैधानिक परिषदलाई सिफारिसलाई लिएर सर्वोच्च अदालको फूलकोर्ट (सबै न्यायायाधीश सम्मिलित प्रशासनिक बैठक) बसेको छ । बैठकमा न्यायाधीशहरुले संवैधानिक परिषदको सिफारिसबारे आफ्ना धारणा राखेका छन् ।

स्रोतका अननुसार तीन जना न्यायाधीशबाहेक सबैजसोले परिषदको सिफासिरसले मुलुकको न्यायपालिकाको भलो नहुने र कालान्तरमा कार्यपालिकाको छायामा पर्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

केही न्यायाधीशले भने तीन वर्ष पूरा गरेका न्यायाधीश प्रधानन्यायाधीशमा योग्य हुने संवैधानिक व्यवस्था रहेको र त्यस अनुसार भएको सिफारिसलाई अन्यथा भन्न नमिल्ने तर्क गरेका थिए ।

उनीहरुले सिफारिसमा केही कैफियत भए त्यसको परीक्षण गर्ने संसदीय सुनुवाइ समिति भएकाले अहिले नै प्रतिक्रिया दिन हतार गर्न नहुने सुझाव दिएका थिए । ती तीन न्यायाधीहरु को हुन् भन्ने खुलेको छ्रैन ।

प्रधानन्यायाधीशमा सिफारिस न्यायाधीश डा. मनोज शर्माले आफू गोला टिप्न पनि नभ्याउने भन्दै बैठकबाट छिट्टै निस्किएका थिए ।

आज बिहान बोलाइएको एकाएकको फुलकोर्टका कारण बिहान साढे नौ बजे नै सार्वजनिक हुने दैनिक पेशी सूची दुई घण्टा ढिलो गरी सार्वजनिक भएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.