Skip to main content

Suchana Vatika

निश्कल राई – प्रधानमन्त्रीले सदन बंक गर्न थाल्नुभयो

नेपाली कांग्रेसका सभापति निश्कल राईले प्रधानमन्त्रीले सदनलाई गुरुकुल र विश्वविद्यालय ठानिएको बंक गरिरहेको आरोप लगाएका छन्प्र
तिनिधिसभाको बैठकमा राईले प्रधानमन्त्रीको अनुपस्थितिमा विपक्षीको विरोध जारी रहने बताएका छन्रा
ईले सदनको गरिमा नबुझ्नु र गम्भीर विषयमा छलफलबाट भाग्नु लोकतन्त्रका लागि शुभसंकेत नभएको टिप्पणी गरेका छन्।

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद्  निश्कल राईले गुरुकुल र विश्वविद्यालय ठानिएको सदन प्रधानमन्त्रीले बंक गरिरहेको भन्दै आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको सून्य समयमा बोल्दै सांसद राईले सदनको गरिमा प्रधानमन्त्रीले नबुझेको टिप्पणी गरे।

‘सदन चिया चौतारी होइन, जहाँ मन लागे बस्ने, मन लागे जाने । सदन गुरुकुल हुनुपर्छ, विश्वविद्यालय हुनुपर्छ भन्ने सत्तापक्षका सांसदको भनाइ सापट लिँदै भन्छु प्रधानमन्त्रीले यो गुरुकूल विश्वविद्यालय बंक गर्न थाल्नुभएको छ,’ उनले भने ।

नीति तथा कार्यक्रम मुलुक निर्माणको दस्तावेज र रोडम्याप हो भन्ने भनाइ बुधबारको बैठकमा सभामुखले राखेको स्मरण गर्दै उनले त्यस्तो गम्भीर विषयमा छलफल र जवाफका लागि प्रधानमन्त्री नआउनु र प्रश्नबाट भाग्नु लोकतन्त्रका लागि शुभसंकेत नभएको टिप्पणी गरे।

उनले सदनमा प्रधानमन्त्री उपस्थित नभए विपक्षीको विरोध जारी रहने बताए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.