Skip to main content

Suchana Vatika

भोलि नै संसदीय सुनुवाइ प्रस्तावित प्रधानन्यायाधीशको

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेको छ।
संसदीय सुनुवाइ समितिले उजुरी खोलेर सांसदहरूलाई वितरण गर्ने तयारी गरेको छ।
उजुरीकर्तासँग छलफलपछि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ हुनेछ।

४ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीशको भोलि नै संसदीय सुनुवाइ हुने भएको छ ।

प्रधानन्यायाधीशमा सिफारिस भएका डा.मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेको छ । गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।

निर्धारित समयमा १६ वटा उजुरी परेको हो ।

प्राप्त उजुरी खोल्नका लागि बिहान ८ बजेका लागि संसदीय सुनुवाइ समितिको बैठक राखिएको छ ।

सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार, उजुरी खोलेर सांसदहरूलाई वितरण गरिनेछ ।

‘उजुरी खोलेर सांसदहरूलाई वितरण गरेपछि बिहान १० बजे वरिपरिबाट उजुरीकर्तासँग छलफल हुनेछ,’ सभापति श्रेष्ठले अनलाइनखबरसँग भने, ‘त्यसपछि निरन्तर बैठक चल्नेछ र प्रस्तावित प्रधनन्यायाधीशको सुनुवाइ हुनेछ ।’

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.