मधेश प्रदेश सरकारमा जनमतबाट मन्त्री रहेका अर्थमन्त्री महेशप्रसाद यादव र समाजकल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहाले मुख्यमन्त्रीको निर्देशनमा राजीनामा बुझाएका छन्।
जनमतले वैशाख २१ गते समर्थन सरकारबाट फिर्ता लिए पनि यी दुई मन्त्री सरकारमै थिए।
मधेशमा नेकपा एमालेलाई सत्तामा भिर्त्याएर जसपालाई सरकारबाट बाहिर निकाल्ने तयारी भएसँगै मुख्यमन्त्रीले जसपा र जनमतका मन्त्रीहरूलाई राजीनामा दिन भनेका थिए।
७ जेठ, जनकपुरधाम । मधेश प्रदेश सरकारमा जनमतबाट मन्त्री रहेका अर्थमन्त्री महेशप्रसाद यादव र समाजकल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहाले राजीनामा बुझाएका छन् ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवको निर्देशनपश्चात उनीहरूले राजीनामा बुझाएका हुन् ।
जनमतले गत वैशाख २१ गते समर्थन सरकारबाट फिर्ता लिए पनि यी दुई मन्त्री सरकारमै थिए ।
मधेशमा नेकपा एमालेलाई सत्तामा भिर्त्याएर जसपा नेपाललाई सरकारबाट बाहिर निकाल्ने तयारी भएसँगै जसपा र जनमतका मन्त्रीहरूलाई राजीनामा दिन मुख्यमन्त्री यादवले भनेका थिए ।
जसपाका मन्त्रीहरूलाई राजीनामा दिन भनेपनि उनीहरूले बुझाएका छैनन् ।