Skip to main content

Suchana Vatika

पूर्वअर्थमन्त्री पौडेल : बजेट महत्त्वाकांक्षी, कार्यान्वयनमा चुनौती

आकार बढाए पनि त्यस बमोजिम स्रोत व्यवस्थापन गर्न नसक्दा बजेट कार्यान्वयन हुन नसक्ने उनी बताउँछन् ।

१५ जेठ, काठमाडौ । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारले महत्त्वाकांक्षी बजेट ल्याएको बताएका छन् ।

संघीय संसदमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटको मूख्य चुनौती कार्यान्वयनमै रहको उनको प्रतिक्रिया छ । ‘हामीलार्ई अन्तरर्राष्ट्रिय परिस्थितिले पनि प्रभाव पार्छ । अहिले अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकुल छ,’ पौडेलले अनलाइखबरसँग भने, ‘बाह्य ऋण र अनुदान ल्याउन सजिलो छैन । यस्तो बेला विचार गरेर बजेट बनाउनुपर्थ्यो ।’

तर संशोधित बजेटको आकार भन्दा पनि २५ प्रतिशत बढाएर ल्याइएको बजेट कार्यान्वयन सजिलो नहुने पौडेलले बताए । आकार बढाए पनि त्यस बमोजिम स्रोत व्यवस्थापन गर्न नसक्दा बजेट कार्यान्वयन हुन नसक्ने उनी बताउँछन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.