Skip to main content

Suchana Vatika

भाषणमा विकास र समृद्धिका ठुला कुरा धेरै सुनिए – बजेटबारे एमाले महासचिवको टिप्पणी

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको बजेटलाई ‘सुनिने बजेट र देखिने बजेट’को संज्ञा दिँदै कडा आलोचना गरेका छन् ।

बजेट भाषणमा ‘विकास’ र ‘समृद्धि’का ठूला नारा घन्काइए पनि बजेटको प्राथमिकताले त्यसलाई पूर्णतः अस्वीकार गरेको उनको टिप्पणी छ ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत बजेटमाथि टिप्पणी गर्दै भाषण र यथार्थमा आकाश–जमिनको फरक रहेको बताएका छन् । उनले विकास आयोजनाहरूलाई अघिल्लो वर्षको तुलनामा कम प्राथमिकतामा राखिएको र साधारण खर्च घटाउने भनिए पनि उल्टै वृद्धि गरिएको आरोप लगाए ।

‘जेनजी विद्रोह’को जगमा बनेको दाबी गर्ने सरकारले युवा तथा खेलकुद मन्त्रालयको बजेट नै कटौती गर्नु विरोधाभाषपूर्ण भएको पोखरेलको भनाइ छ । त्यस्तै, बिदेसिएका नेपालीलाई स्वदेशमै रोजगारी दिने सरकारी वाचाविपरीत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट घटाइएको उनले लेखेका छन् ।

त्यस्तै कृषि र वन मन्त्रालयको बजेट कटौतीले सरकारको प्राथमिकता उत्पादन वृद्धि र आत्मनिर्भरता नभई बरु रेमिटेन्स आधारित अर्थतन्त्रलाई नै निरन्तरता दिने हो भन्ने स्पष्ट पारेको छ,’ पोखरेलले लेखेका छन् ।

उनले लेखेका छन्

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.