Skip to main content

Suchana Vatika

प्रेस चौतारी इन्चार्जमा झाँक्री, निरज आचार्य एमाले प्रचार विभाग प्रमुख

नेकपा एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी निरज आचार्यलाई दिइएको छ।

जेठ ४ गतेदेखि ४ दिनसम्म बसेको केन्द्रीय सचिवालय बैठकले आचार्यलाई  प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएको हो।

यसअघि आचार्यसहित, डम्बरबहारदुर सिंह, कौशिला वती खत्री, गणेश थापा र नारायण घर्तीको नाम सिफारिस गरेको हो।

यसअघि केन्द्रीय सदस्य मीनबहादुर शाही प्रचार विभाग प्रमुख थिए।

आचार्य गत गत आम निर्वाचनका लागि जाजरकोटबाट सिफारिस भएका थिए। अन्तिममा डम्बरबहादुर सिंह उम्मेदवार बनेका थिए।

आचार्य २०७९ मा पनि जाजरकोटबाटै उम्मेदवार थिए।

एमालेले स्थानीय तह निर्वाचन केन्द्रित पार्टी जागरण अभियान अन्तर्गत कार्यविभाजन गरी आचार्यलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएको हो।

सोही कार्यविभाजन अनुसार रामकुमारी झाँक्रीलाई प्रेस चौतारी इन्चार्ज तोकिएको छ।

यो अभियान सफल पार्न केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय सदस्यहरुलाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको छ । सो निर्णयलाई मातहतका कमिटीमा प्रेषित गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि)-२ जारी गरेका छन्।

पार्टीका केन्द्रीय सदस्यहरुलाई जनसंगठन इन्चार्ज तथा विभागका प्रमुख तोकिए पनि उनीहरुलाई आफ्नो पालिकाको समेत जिम्मेवारी तोकिएको छ।

 केन्द्रीय सदस्यहरु मात्र पालिका केन्द्रित अभियानमा अपर्याप्त रहेकोले केन्द्रीय केन्द्रीय निकायका सदस्य तथा अगुवा कार्यकर्तालाई समेत यो जिम्मेवारी तोकिएको छ । एमालेले गरेको कार्यविभाजन अनुसार अध्यक्षले समग्र कामको नेतृत्व र महासचिवले पार्टीको संगठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ ।  उपाध्यक्ष र उपमहासचिवहरुलाई पार्टीका विभाग तथा फाँटहरुको संयोजनको जिम्मेवारी दिइएको छ ।

नौ मध्ये छ जना सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । कोशीका मूख्यमन्त्री एवं सचिव हिक्मत कार्कीलाई विपद् व्यवस्थापन तथा स्वयम्सेवा विभागको प्रमुख, पद्मा अर्याललाई संसदीय मामिला प्रमुख र  भानुभक्त ढकाललाई संगठन विभाग प्रमुख तोकिएको छ । अन्य सचिवहरु छविलाल विश्वकर्मालाई इन्चार्ज लुम्बिनी, खगराज अधिकारीलाई गण्डकी इन्चार्ज, ,यमलाल कँडेललाई कर्णाली इन्चार्ज,शेरधन राईलाई कोशी इन्चार्ज,राजन भट्टराईलाई राजधानी विशेष प्रदेश इन्चार्ज र महेश बस्नेतलाई बागमती प्रदेश इन्चार्ज तोकिएको छ ।

खासगरी आफूले प्रतिनिधित्व गर्ने जिल्लाका पालिकामा पार्टी जागरण अभियान सञ्चालन गर्ने जिम्मेवारी दिएर केन्द्रीय सदस्यहरुलाई भूगोलमा केन्द्रित गर्न खोजेको एमालेले जनाएको छ।

‘जिल्ला इन्चार्ज तोकिएका नेताहरुलाई समेत पालिकाको जागरण अभियानमा सहभागी गराइएको छ’ एक सचिवले भने ‘अन्यथा एक जना केन्द्रीय सदस्यलाई बढीमा दुईवटा पालिकाको जिम्मेवारी दिंदै जागरण अभियानमा केन्द्रित हुन भनिएको छ।’

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.