Skip to main content

Suchana Vatika

बन्धक बनाइएका ४५३ जना उद्धार गरेर नेपाल ल्याइयो – भारतमा

‘उनीहरूलाई भारत किन र कसले लगेको हो भन्ने खुल्न बाँकी छ । त्यो विषयमा पनि अनुसन्धान हुन्छ,’ एसपी शाहीले भने ।

१६ जेठ, बुटवल । भारतको उत्तर प्रदेशस्थित कुशीनगर क्षेत्रबाट ४५३ जना नेपालीको उद्धार गरेर रुपन्देही ल्याइएको छ ।

भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोली शुक्रबार राति कुशीनगर पुगेर ४५३ जना नेपालीलाई उद्धार गरेर ल्याएको हो ।

आठ वटा बसमार्फत उनीहरूलाई शनिबार बिहान बेलहिया नाका हुँदै रुपन्देही पुर्‍याइएको छ ।

उनीहरूको अहिले व्यक्तिगत विवरण र पहिचान संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) जनकबहादुर शाहीले जानकारी दिए । उद्धार गरिएकामध्ये आधाजति संख्या महिलाको रहेको उनले बताए ।

‘रोजगारी लगायतका प्रलोभनमा उनीहरूलाई भारतको कुशीनगर क्षेत्रमा पुर्‍याएर राखिएको जानकारी पाएपछि भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएका छौं,’ एसपी शाहीले भने, ‘सबैजनाको  तथ्यांक संकलन गरेर आवश्यक प्रक्रिया पूरा गरी घर पठाउँछौं ।’

त्यसका लागि केही घण्टा समय लाग्ने उनले बताए । ‘उनीहरूलाई भारत किन र कसले लगेको हो भन्ने खुल्न बाँकी छ । त्यो विषयमा पनि अनुसन्धान हुन्छ,’ एसपी शाहीले भने ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.