Skip to main content

Suchana Vatika

महिलाको शव फेला खोलामा बगिरहेको अवस्थामा – झापामा

झापामा खोलामा बगिरहेको अवस्थामा महिलाको शव फेला परेको छ।

शनिबार बिहान ११ बजे दमक नगरपालिका-१० सेतुमाडीस्थित रतुवाखोलाको पुलमुनी बगिरहेको अवस्थामा महिलाको शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार रातो भेस्ट र जिन्सको पेन्ट लगाएको अवस्थामा अन्दाजी ३० देखि ३२ वर्ष उमेरको महिलाको शव भेटिएको बताए।

महिलाको पहिचान भने खुलेको छैन।

डिएसपी खड्काका अनुसार शवको प्रकृति हेर्दा दुई/तीन अगाडि देखि नै पानीमा ढाडिएको  अवस्थामा देखिएको छ।

घटनाको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा टोली खटिएको छ।

प्रहरीले मृतकलाई चिन्नेलाई खबर गर्न पनि भनेको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.