Skip to main content

Suchana Vatika

 नयाँ अभियान घोषणा गरे धवलशमशेरले राप्रपा छोडेर

उनले आफूहरूले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

राप्रपाका नेता धवलशमशेर राणाले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्न नयाँ अभियानको घोषणा गरेका छन्।
काठमाडौंको एक होटलमा असन्तुष्ट नेताहरूसँगको छलफलपछि राणाले नयाँ अभियानमा सहभागी हुन राष्ट्रवादी र युवा पुस्तालाई आह्वान गरेका छन्।
राप्रपालाई विगत चार वर्षमा जनभावनाअनुकूल अघि बढाउने प्रयास सफल नभएको राणाले विज्ञप्तिमार्फत स्वीकार गरेका छन्।

१७ जेठ, काठमाडौं । राप्रपाका नेता धवलशमशेर राणाले नयाँ अभियानको घोषणा गरेका छन् । आइतबार दिउँसो राप्रपाका असन्तुष्ट नेताहरू काठमाडौंको एक होटलमा छलफलमा जुटेका थिए ।

छलफलपछि राणाले एक विज्ञप्ति जारी गरेका छन् । जहाँ उनले राप्रपाको आफ्नो पदबारे केही उल्लेख गरेका छैनन् ।

उनले आफूहरूले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

साथै, यही नयाँ अभियानमा सहभागी हुन पनि उनले आह्वान गरेका छन् ।

‘देशलाई माया गर्ने, देशको समृद्धी चाहने आम राष्ट्रवादी मित्रहरु लगायत नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन आह्वान गर्दछु,’ राणाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राप्रपालाई जनभावनाअनुकूल अघि बढाउने प्रयास भए पनि त्यो सफल नभएको उनको स्वीकारोक्ति छ ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विगत चार वर्ष जनभावनाअनुकूल अघि बढाउने प्रयास गर्‍यौं । तर, विरोधाभाष र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँड्ने हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भयो,’ राणाले भनेका छन्, ‘राप्रपामा आवद्ध साथीहरूलाई यही बाटो सही लाग्छ, त्यतै रहन शुभकामना छ, कुनै वैरभाव छैन । होइन, स्वच्छ मन र आत्मीय सम्बन्ध निर्माण गरेर, हाम्रा मान्यताहरुलाई सही लक्ष्य दिने चाहना हो भने, एकजुट भएर अघि बढ्न सबै राष्ट्रवादी मित्रहरुलाई हार्दिक आह्वान गर्दछु ।’

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.