Skip to main content

Suchana Vatika

नेपाल एयरलाइन्सका कर्मचारी ५४ लाख रुपैयाँसहित पक्राउ, भिजिट भिसामा मलेसिया जान लागेका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५४ लाख ७१ हजार रुपैयाँसहित भिजिट भिसामा विदेश जान लागेका नेपाल एयरलाइन्सका चालक पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५४ लाख ७१ हजार रुपैयाँभन्दा बढी विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका कर्मचारी कमलनारायण विश्वास पक्राउ परेका छन् ।
विश्वास सोमबार राति बाटिक एयरमार्फत मलेसिया जान लाग्दा उनको लगेजभित्र रहेको फलामको कराईमा लुकाएको उक्त रकम फेला परेको हो ।
नेपाल एयरलाइन्समा १६ वर्षदेखि कार्यरत विश्वासले यसअघि २६ पटक बाह्य मुलुकको यात्रा गरिसकेको विमानस्थल प्रहरीले जनाएको छ ।

१९ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५४ लाख ७१ हजार रुपैयाँसहित भिजिट भिसामा विदेश जान लागेका नेपाल एयरलाइन्सका चालक पक्राउ परेका छन् ।

सुनसरी गढी गाउँपालिका-१ घर भई हाल काठमाडौंको बनस्थली बस्ने कमलनारायण विश्वासलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो ।

उनी १६ वर्षदेखि नेपाल एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र (ग्राउन्ड इक्युपमेन्ट अपरेटर)मा कार्यरत थिए ।

उनी सोमबार राति साढे ८ बजे बाटिक एयरको फ्लाइटमार्फत भिजिट भिसामा मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने क्रममा विमानस्थल प्रहरीद्वारा जाँच गर्दा उनको लगेजमा फलामको कराई भित्र विभिन्न देशको मुद्रा भेटिएको हो ।

उनी अहिलेसम्म २६ पटक बाह्य मुलुलक यात्रा गरेको देखिएको प्रहरीको भनाइ छ ।
प्रहरीले उनको साथबाट नेपाली, अमेरिकी, ओमानी, पाकिस्तानी, मलेसियन, श्रीलंकन, जापानिज, अफ्रिकन मुद्रा फेला परेको हो । रकम ५४ लाख ७१ हजार ६८९ रुपैयाँ ३२ पैसा बरामद गरिएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.