Suchana Vatika

२ जना घाइते, महोत्तरीमा गोली चलाएर लुटपाट

२० जेठ, जनकपुरधाक । महोत्तरीमा डाँका चोरीमा संलग्न व्यक्तिहरुको गोली प्रहारबाट दुईजना घाइते भएका छन् ।

महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति राम विश्वास आदबको घरमा डाकाचोरी भएको हो । सो क्रममा डाँका समूहले गोली प्रहार गर्दा रामविश्वासका ज्वाईं ईश्वर यादव र छोरी किरण यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिए ।

दुवैजनाको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले बिहानपख थाहा पाएको हो । घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.