Suchana Vatika

मन्त्रालयमा के काम गरे पहिलो दिन – महावीर पुनले 

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पहिलो दिन मन्त्रालयमा गरेको कामबारे जानकारी गराएका छन्।

बिहीबार बिहान मन्त्री पुनले आफ्नो फेसबुकमार्फत त्यसबारे जानकारी गराएका हुन्।

उनले मन्त्रालयमा सबै कुरा शून्यबाट सुरू हुन लागेको बताएका छन्।

‘यो मन्त्रालय चलाउन अरु-अरु मन्त्रालय जस्तो सबै कुरा तयारी अवस्थाका छैन। सर्वप्रथम विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक बनाउने निर्णय गरियो,’ उनले लेखेका छन्।

मन्त्रालय चलाउन कति कर्मचारी राख्ने, दरबन्दी कति चाहिने र काम कसरी छिटो र प्रभावकारी बनाउने भनेर सर्भेक्षण गर्ने निर्णय पनि भएको मन्त्री पुनले बताएका छन्।  

‘विभिन्न मन्त्रालय अन्तर्गत छरिएर भइरहेका अनुसन्धान तथा नवप्रवर्तनलाई कसरी प्रभावकारी रुपमा अगाडि बढाउने भन्ने कुरामा गहन छलफल तुरुन्त सुरु गर्ने निर्णय गरियो,’ उनले लेखेका छन्।

प्रधानमन्त्री बालेन शाहको सिफारिसमा स्वतन्त्र सांसद पुन मंगलबार नवप्रवर्तन मन्त्री नियुक्त भएका थिए।

संसदमा लगातार प्रविधि र नवप्रवर्तनका विषयहरू उठान गर्दै आएका थिए।

मन्त्री नियुक्त भएपछि पुनले आफ्नो चाहानामा नभई पासोमा परेर मन्त्री बन्नु परेको अभिव्यक्ति दिएका थिए।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.