Skip to main content

Suchana Vatika

जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह, योगलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका छन् ।

बाह्रौँ विश्वयोग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै उनले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरे।

योग शरीर, मन र आत्मालाई एकसाथ जोड्ने समग्र अभ्यास भएको, यसमा ध्यान, प्राणायाम र शारीरिक आसनहरूको संयोजन रहने तथा यसलाई वैज्ञानिक मानवीय जीवनशैली तथा जीवनपद्धतिका रूपमा लिनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले योग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याई तनाव कम गर्न तथा सकारात्मक ऊर्जा प्राप्त गर्न सहयोग गर्ने धारणा व्यक्त गरे ।

सन्देशमा योगसम्बन्धी अध्ययन, अनुसन्धान तथा ऐतिहासिक एवं पुरातात्विक तथ्यले हाम्रो मुलुक योगभूमिका रूपमा रहेको पुष्टि गर्दै आएको उल्लेख गरिएको छ ।

राष्ट्रपति पौडेलले योगलाई राष्ट्रिय नीति, शैक्षिक पाठ्यक्रम तथा जनस्वास्थ्यको क्षेत्रमा अभिन्न अङ्गका रूपमा स्थापित गर्दै यसको विकासका लागि थप कार्य गर्न आवश्यक भएको बताए ।

योग अभ्यासबाट दैनिक कार्यक्षमता, रोग प्रतिरोधात्मक क्षमता र पाचन प्रणाली सुदृढ हुने तथा सकारात्मक सोचको विकास भई आन्तरिक ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गर्दै उनले योगले ज्ञान, कर्म, चेतना र स्थिरतातर्फ डोर्याउने भएकाले स्वस्थ जीवनयापनका लागि शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पुग्ने सन्देशमा उल्लेख गरे ।

विश्वव्यापी रूपमा एकता, शान्ति र स्वास्थ्यको सन्देश प्रवाह गर्ने योग हजारौँ वर्ष पुरानो पूर्वीय ज्ञान र संस्कृतिको अभिन्न अंश भएको बताउँदै राष्ट्रपतिले आधुनिक जीवनमा बढ्दो तनाव, प्रदूषण र प्रतिस्पर्धाबाट प्रभावित मानव जीवनलाई सहज, सरल र स्वस्थ बनाउन योगलाई जीवनशैलीका रूपमा अपनाउनुपर्नेमा जोड दिए ।

सन्देशमा उनले विश्व योग दिवसले सबैमा सकारात्मक ऊर्जा प्रदान गर्दै शारीरिक, मानसिक, आध्यात्मिक र भावनात्मक रूपमा स्वस्थ तथा सुखी रहन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.