Skip to main content

Suchana Vatika

जलन उपचार इकाइ स्थापना १४ वटा संघीय अस्पतालमा

काठमाडौँ । सरकारले १४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना भएको जनाएको  छ । सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मीत पोखरेलले देशभरका १४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना भएको जानकारी दिए । 

उनले त्यसका लागि ६४ स्वास्थ्यकर्मीलाई विशेषज्ञ तालिम दिइएको छ । यस्तै, लक्षित वर्ग निशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८३ जारी भएको बताए ।

सुलभ फार्मेसी सेवा मापदण्ड २०८३ मार्फत् विभिन्न कार्यक्रम अघि बढिरहेको सरकारको प्रगति विवरणमा उल्लेख छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.