दोस्रो हाफमा दुवैतर्फबाट गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको तेस्रो मिनेटमा बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए ।
त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गर्यो ।
इंग्ल्यान्ड अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्ड बीचको विजेतासँग खेल्नेछ ।
इंग्ल्यान्ड विश्वकप इतिहासमा चौथोपटक सेमिफाइनलमा पुगेको हो । सन् १९६६ मा च्याम्पियन बनेको इंग्ल्यान्ड सन् १९९० र २०१८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । सन् २०२२ मा भने क्वार्टरफाइनलमा रोकिएको थियो ।
खेलपछि इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले आज आफूहरु भाग्यमानी भएको बताएका छन् । उनले टोलीको प्रदर्शनबाट खुसी नभएको उल्लेख गरे ।
यो खेलमा दुई गोल गरेका जुड बेलिंघमको उच्च मनोबल र दृढताले टोलीलाई सेमिफाइनलमा पुर्याएको सुनाए । उनले भने, ‘खेलमा हाम्रा योजनाहरूले काम नगर्दा पनि हामीले आफ्नो तर्फबाट सबै थोक दियौं। मलाई टोलीप्रति निकै गर्व छ। यो जित सबैको हो। यसमा सम्पूर्ण देशको जित भएको छ ।’