प्रतिनिधि सभाको बैठकमा विभिन्न तीन निकायका वार्षिक प्रतिवेदन पेस भएका छन् ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्रतिवेदनहरू प्रस्तुत गरेकी हुन् ।
न्याय परिषद्, न्याय सेवा आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन २०८१/०८२ सदनमा पेस गरिएको छ ।
काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विभिन्न तीन निकायका वार्षिक प्रतिवेदन पेस भएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले तीन निकायका वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी हुन् ।
मन्त्री गौतमले न्याय परिषद्को वार्षिक प्रतिवेदन २०८१/०८२, न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन २०८१/०८२ र लोकसेवा आयोगको ६६ औँ वार्षिक प्रतिवेदन २०८१/०८२ सदनमा पेस गरेकी हुन्।