Skip to main content

Suchana Vatika

केन्द्रीय कारागारबाट छुटे बेचन झा

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा मुद्दा पुर्पक्षका लागी थुनामा रहेका बेचन झा छुटेका छन् ।

काठमाडौँ जिल्ला अदालतले उनलाई मङ्गलबार १ वर्ष कैद र १० हजार जरिवाना हुने गरी सजाय निर्धारण गरेको थियो । अदालतको पत्र अनुसार उनलाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईंले रातोपाटीलाई बताए ।

उनलाई उपस्थित गराइदिन अख्तियारले केन्द्रीय कारागारमा पत्राचार गरेको थियो । अख्तियारबाट पनि उनी बोलाउँदा उपस्थित हुने गरी रिहा भएका छन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन ‘मन्त्रिपरिषद्मा मिलाउँछु’ भन्दै झाले रामशरण केसीसँग दुई करोडको चेक लिएका थिए । पक्राउ गरेर अनुसन्धान गर्दा बेचनले लिएको २ करोडको चेकको फोटोकपी मात्र फेला परेको थियो।

प्रहरीले उनलाई भारतबाट पक्राउ गरेर २०८१ असार १५ मा काठमाडौँ ल्याएको थियो । त्यसबेलादेखि उनी थुनामा थिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.