सरकारले जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि स्वीकृत एकीकृत प्याकेज शीघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ।
सचिवहरूको बैठकले मन्त्रिपरिषद्बाट असार १८ गते पारित एकीकृत प्याकेज तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको हो।
निर्णयमा ‘जेन–जी आन्दोलनका शहीद परिवार र घाईतेहरूका लागि नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८३।३।१८ मा स्वीकृत गरेको एकीकृत प्याकेजको शीघ्र कार्यान्वयन गर्ने गराउने’ भनिएको छ।
४ साउन, काठमाडौं । जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूका लागि सरकारले स्वीकृत गरेको एकीकृत प्याकेज शीघ्र कार्यान्वयन गर्ने/गराउने निर्णय भएको छ ।
सरकारका सचिवहरूको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले गत असार १८ गते एकीकृत प्याकेजको व्यवस्था गर्ने निर्णय स्वीकृत गरेको थियो ।
उक्त निर्णयलाई शीघ्र कार्यान्वयन गर्ने गराउने निर्णय भएको हो ।
‘जेन–जी आन्दोलनका शहीद परिवार र घाईतेहरूका लागि नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८३।३।१८ मा स्वीकृत गरेको एकीकृत प्याकेजको शीघ्र कार्यान्वयन गर्ने गराउने,’ निर्णयमा भनिएको छ ।