Skip to main content

Suchana Vatika

प्रधानन्यायाधीश शर्मा सहितको इजलासमा, कांग्रेस विवादको पुनरवलोकन निवेदन

कांग्रेस विवादको मुद्दालाई पुनरवलोकन गरी हेरी पाऊँ भनेर दिइएको निवेदनमा सुनुवाइ हुने भएको छ।

सर्वोच्चले कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेशलाई पुनरवलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि बिहीबार प्रधानन्यायाधीश मनोजकुमार शर्मा, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ हुने भएको हो।

पूर्वसभापति शेरबहादुर देउवाले गत साउन ७ गते उक्त निवेदन वारेसमार्फत पठाएका थिए।

अब तीन जना न्यायाधीशहरूको इजलासले कांग्रेसको विवादसम्बन्धी मुद्दा फेरि हेर्ने वा नहेर्ने निर्णय गर्नेछ।

उक्त निर्णयबाट पुनरवलोकन गर्न अनुमति पाएपछि फेरि मुद्दाको प्रक्रिया अघि बढ्नेछ।

दुई जना न्यायाधीशहरू न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन थापाको कार्यसमितिलाई मान्यता दिएको थियो।

विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत गएका थिए।

उनीहरूले निर्वाचन आयोग, विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाएका थिए।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.