Skip to main content

Suchana Vatika

८१.१९ प्रतिशत परीक्षार्थीलाई ग्रेड प्राप्त, कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

परीक्षमा कुल ७१ हजार ३१० जना सहभागी भएकामा ५८ हजार ८९७ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ ।

२१ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले साउन २ र ३ गते सञ्चालन भएको मौका परीक्षाको नतिजा बिहीबार राति सार्वजनिक गरेको हो ।

सार्वजनिक नतिजामा ८१।१९ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । परीक्षमा कुल ७१ हजार ३१० जना सहभागी भएकामा ५८ हजार ८९७ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ ।

यस्तै, तीन जना परीक्षार्थीको भने परीक्षाफल रद्द गरिएको बोर्डले जानकारी दिएको छ ।

सार्वजनिक परीक्षाफल सम्बन्धी जानकारी वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसबाट प्राप्त गर्न सकिने बोर्डले जनाएको छ ।

No description available.

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.