Skip to main content

Suchana Vatika

पेट्रोलियम पदार्थ चोरी बिक्री गर्ने ७ जना पक्राउ – ट्याङ्करबाट

वीरगन्ज बाइपास सडकखण्डबाट पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट तेल चोरी गरी बिक्री वितरणमा संलग्न सात जनालाई पक्राउ गरिएको छ । प्रहरीले ना.७ ख १५३९ नम्बरको ट्याङ्करबाट अनधिकृत रूपमा तेल निकालिरहेको अवस्थामा फेला पारी सात जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सात जनामा पेट्रोल पम्पका साहु, लेखापाल, क्यासियर, ट्याङ्करका चालक र सह-चालकहरू रहेका छन् ।

पर्सा । वीरगन्ज महानगरपालिका–१४ बाइपास सडक-खण्डस्थित आईसीपी जाँचपास भई नेपालभित्र प्रवेश गरेका पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने कार्यमा संलग्न सात जनालाई ट्याङ्करसहित पक्राउ गरिएको छ ।

बिहीबार साँझ करिब ५:१० बजे वीरगन्ज महानगरपालिका–१४ बाइपास सडकस्थित सौदागर आयल सेन्टरमा ना.७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करमा जडान गरिएको सिल फलामको पाइपको हुक प्रयोग गरी उचालेर अनधिकृत रूपमा तेल निकालिरहेको अवस्थामा फेला पारेको हो ।

पक्राउ परेका व्यक्तिहरू निम्न छन्:-

१. जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा नं.३ मालपोत चोक बस्ने वर्ष ५५ को सुनैन मियाँ । (पेट्रोल पम्पका साहु)

२. जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा नं.१५ लक्ष्मणवा बस्ने वर्ष २३ को असलम हवारी । (पम्पमा लेखाको काम गर्ने)

३. जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा नं.११ श्रीपुर बस्ने वर्ष २१ को रफिक मियाँ । ( पम्पको क्यासियर)

४.जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका वडा नं.११ बस्ने वर्ष २० को सन्देश राना मगर । ( ना.७ ख २८०४ नम्बरको ट्यांकरको सह-चालक)

५. जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका वडा नं.१० बस्ने वर्ष ४६ को केशर राम सुनार । ( ना.७ ख २८०४ को चालक )

६. जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका वडा नं.१४ बस्ने वर्ष ५० को मन्द सिंह लामा । ( ना.७ ख १५३९ ट्यांकरको चालक )

७. जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका वडा नं.१४ बस्ने वर्ष २७ को उमेश राना मगर । ( ना.७ ख १५३९ ट्यांकरको सह-चालक )

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.