Skip to main content

Suchana Vatika

सकुशल उद्धार बाढीले बगाएको मोटरसाइकल चालकको

कैलालीको पितमारी खोलामा आएको बाढीले मोटरसाइकलसहित बगाएका चालक लौटन थारुको सकुशल उद्धार गरिएको छ ।

प्रहरी टोलीले खोलाले बगाएर लैजाँदै गरेको अवस्थामा घटनास्थलभन्दा करिब १५० मिटर तलबाट चालक थारुको तत्काल उद्धार गरेको हो । उद्धार गरिएका थारुको ढाड र दाहिने कुइनामा सामान्य चोटपटक लागेको छ भने स्वास्थ्य अवस्था सामान्य छ ।

कैलाली । मोहन्याल गाउँपालिका -७ स्थित पितमारी खोलामा आएको बाढीले मोटरसाइकलसहित बगाएका एक जना चालकको सकुशल उद्धार गरिएको छ ।

अविरल वर्षासँगै पितमारी खोलामा आएको बाढीले सुर्खेतबाट कैलालीतर्फ आउँदै गरेका कैलाली बर्दगोरिया गाउँपालिका-२ बस्ने ३९ वर्षीय लौटन थारु चढेको से ४ प ८६७९ नम्बरको मोटरसाइकललाई बगाएको थियो ।

बिहीबार राति करिब २०:३० बजेको समयमा इलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट प्रहरी निरीक्षक मीरा खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले खोलाले बगाएर लैजाँदै गरेको अवस्थामा घटनास्थलभन्दा करिब १५० मिटर तल भिरालो खोलाबाट चालक थारुको तत्काल सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएका थारुको ढाड र दाहिने कुइनामा सामान्य चोटपटक लागेको छ भने उनको समग्र स्वास्थ्य अवस्था सामान्य रहेको छ । उद्धार पश्चात् निजलाई आफन्तको जिम्मा लगाइएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.