Skip to main content

Suchana Vatika

लेखापाल ज्ञवालीलाई बर्खास्त गर्ने तयारी-बिनाजानकारी ९० दिनभन्दा बढी अनुपस्थित

नियन्त्रक कार्यालयले लेखापाल सरस्वती घिमिरे ज्ञवालीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ। कार्यालयका अनुसार ज्ञवाली विक्रम संवत् २०८१ पुस २ गतेदेखि बिनाजानकारी ९० दिनभन्दा बढी अनुपस्थित छिन्। निजामती सेवा ऐन अनुसार भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी किन नहटाउने भन्ने विषयमा अन्तिम अवसर दिइएको छ।

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले यान्त्रिक तालिम केन्द्र ललितपुरमा नेपाल प्रशासन सेवा लेखापाल पदमा कार्यरत सरस्वती घिमिरे ज्ञवालीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ ।

कार्यालयका अनुसार ज्ञवाली विक्रम संवत् २०८१ पुस २ गतेदेखि आफू पदमा रहेको कार्यालयमा बिनाजानकारी ९० दिनभन्दा बढी अवधि अनुपस्थित रहेको देखिएको छ। यसअघि निजामती सेवा ऐन, २०४९ को दफा ६१ को १ (छ) अनुसार ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने हो ?’ भन्दै महालेखाले विक्रम संवत् २०८३ साउन १२ गतेको गोरखापत्र दैनिकमा १५ दिनभित्र सफाइ र स्पष्टीकरण पेस गर्ने गरी सूचना प्रकाशित गरेको थियो।

उक्त ऐनको दफा ६६ को प्रावधान अनुसारको समयसीमाभित्र ज्ञवालीका तर्फबाट कुनै सफाइ तथा स्पष्टीकरण पेस नभएपछि कार्यालयले दोस्रो पटक सूचना जारी गरेको छ।

निजामती सेवा नियमावली, २०५० को नियम ११० (ख) बमोजिम विक्रम संवत् २०८३ भदौ ३ गते दोस्रो पटक सूचना प्रकाशित गर्दै कार्यालयले निजामती सेवा ऐनको दफा ६७ को प्रयोजन दफा ५९ (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी किन नहटाउने भन्ने विषयमा ३० दिनभित्र सफाइ र स्पष्टीकरण पेस गर्न अन्तिम अवसर दिएको छ।

778354803_1040316065564759_5111498670092457484_n

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.