Skip to main content

Suchana Vatika

फेरि अदालत जाने तयारीमा-कांग्रेस संस्थापनइतर पक्ष

नेपाली कांग्रेस संस्थापनइतर पक्ष अदालत जाने तयारीमा छ।

नेता मीनबहादुर विश्वकर्माले एक/दुई दिनमा अदालत जाने बताए।

‘नेपाली कांग्रेसमा सांगठनिक, वैचारिक कामकारबाही नगर्न/नगराउन माग गर्दै एक/दुई दिनमा अदालत जान्छौं, यसबारे साथीहरूले अध्ययन गर्दै हुनुहुन्छ,’ उनले सेतोपाटीसँग भने।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार १५ औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने यसअघिको केन्द्रीय समिति बैठकले ल्याएको कार्यतालिका यथावत् राख्दै तल्ला तहका अधिवेशन कार्यतालिका हेरफेर गरेको थियो।

त्यसपछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जान लागेका हुन्। 

देउवा पक्ष विशेष महाधिवेशनको फैसला पुनरवलोकन गर्न मागसहित यसअघि अदालत गएकोमा अदालतले अनुमति दिएको थियो।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.