Skip to main content

Suchana Vatika

गुठीको जग्गामा चल्न थाल्यो डोजर, जनकपुरको अतिक्रमित

अतिक्रमण हटाउन२०६२ सालमा जनकपुरको गुठीको अतिक्रमित जग्गा पत्ता लगाउन गठन गरिएको भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनको आधार लिइएको छ ।

६ भदौ, जनकपुरधाम । जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउन डोजर चल्न सुरु भएको छ । पहिलोचरणमा अतिक्रमित पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु भएको हो ।

जनकपुरधाम उपमहानगरपालिका ६ स्थित गिरनारी पोखरीको अतिक्रमित डिल खाली गराउने काम अघि बढाएको छ ।

आजै जनकपुरको सात वटा पोखरीको अतिक्रमण हटाइने गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलले बताए ।

उनका अनुसार गत साउन १ गते नै अतिक्रमित ठाउँ खाली गर्न सूचना जारी गरिएको थियो ।

पहिलो चरणमा अतिक्रमित मध्ये पहिचान गरिएका ५० वटा पोखरीलाई अतिक्रमण मुक्त गराइने उनले बताए ।

पहिलो चरणमा पोखरी, मन्दिर परिसर र तेस्रो चरणमा अन्य अतिक्रमण मुक्त गराउने कार्ययोजनासहित गरी वर्गीकरण गरिएको उनको भनाइ छ ।

अतिक्रमण हटाउन२०६२ सालमा जनकपुरको गुठीको अतिक्रमित जग्गा पत्ता लगाउन गठन गरिएको भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनको आधार लिइएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.