प्रधानमन्त्री बालेन्द्र शाह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबिच शनिबार भेटवार्ता हुने भएको छ । शनिबार बिहान ११ बजे सिंहदरबारमा दुई जनाको भेट विनाशकारी बाढी र त्यसपछिको राहत र उद्धारमा केन्द्रित हुनेछ । यसअघि आङ्देम्बे आफै बाढी प्रभावित क्षेत्र पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबिच शनिबार भेटवार्ता हुने भएको छ ।
आङ्देम्बेका स्वकीय सचिव यम ढुंगानाका अनुसार शनिबार बिहान ११ बजे सिंहदरबारमा दुई जनाको भेट तय भएको हो । आजको भेट विनाशकारी बाढी र त्यसपछिको राहत र उद्धारमा केन्द्रित हुनेछ ।
यसअघि आङ्देम्बे आफै बाढी प्रभावित क्षेत्र पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए ।