Skip to main content

Suchana Vatika

सोमबारसम्म पूर्ण सञ्चालनको अपेक्षा, बेनी जोमसोम–कोरला सडकका अधिकांश स्थानमा ट्र्याक खुल्यो

पूर्वाधार विकास मन्त्रालयका अनुसार आगामी सोमबारसम्म बेनी–जोमसोम–कोरला सडकमा सवारीसाधन सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ ।

२१ असोज, काठमाडौं । बाढी र पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम–कोरला सडकका अधिकांश स्थानमा यातायात सञ्चालनका लागि ट्र्याक खोल्ने काम सम्पन्न भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २०८३ असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढी तथा विभिन्न स्थानमा गएको पहिरोले सडकखण्डका ५० भन्दा बढी स्थानमा यातायात अवरुद्ध भएको थियो ।

हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा कालीगण्डकी नदीले बगाएको पुलको एप्रोच सडक र रघुगङ्गा गाउँपालिका–२ कुनौटा बाहेक अन्य सबै स्थानमा पहिरो पन्छाएर ट्र्याक खोल्ने काम सकिएको छ । ती स्थानमा सडक स्तरोन्नतिको काम भने जारी छ ।

पोखरेबगरमा ग्याबियन टो–वाल निर्माण गरी माटो भर्ने काम भइरहेको छ । त्यस्तै, कुनौटामा एक्साभेटर प्रयोग गरी सडकको ट्र्याक खोल्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बाँकी काम पनि तीव्र गतिमा अघि बढाइएकाले आगामी सोमबारसम्म बेनी–जोमसोम–कोरला सडकमा सवारीसाधन सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.