Skip to main content

Suchana Vatika

बहादुरसिंह लामा विजयी कांग्रेस जनजाति सहमहामन्त्रीमा

नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा ३ हजार २४५ मतसहित निर्वाचित भएका छन्। आदिवासी जनजाति महिला केन्द्रीय सदस्यतर्फ ८ जना निर्वाचित भएका छन्, जसमा गीता गुरुङले २ हजार ८५९ र डा गंगालक्ष्मी अवालले २ हजार ७६८ मत पाए। जनजाति पुरुष केन्द्रीय सदस्यतर्फ १२ जना निर्वाचित भएका छन्, जसमा तीर्थ लामाले ४ हजार ४२५ र ई. अनुप श्रेष्ठले २ हजार ५५१ मत प्राप्त गरेका छन्।

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहममन्त्री (आदिवासी जनजाति) मा विजय भएका छन्।

उनले ३२४५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाएका छन्।

आदिवासी जनजातिकै महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवार रहेकोमा ८ जना निर्वाचित भएका छन् भने खुल्लातर्फ १२ पदका लागि ४१ जना उम्मेदवार रहेका थिए।

जनजाति महिलातर्फ गीता गुरुङ २८५९, डा गंगालक्ष्मी अवाल २७६८, रेणुका काउछ मगर २३९२, सपनाराज भण्डारी जोशी २३५१, सिता कुमारी राना मगर २१३२, प्रमिला राई २०२०, लिलादेवी बोखिम लिम्बु १६८१, पुनम लामा १६३६ मत प्राप्त गरेका छन्।

त्यसैगरी जनजाति पुरुष केन्द्रीय सदस्यतर्फ तीर्थ लामा ४ हजार ४२५, ई. अनुप श्रेष्ठ २ हजार ५५१, डा. प्रेमध्वज लामा २ हजार ५०५, कर्मा छेरिङ शेर्पा २ हजार ४०६, टेकप्रसाद गुरुङ २ हजार ९०, भीम श्रीस मगर २ हजार ४६, रामकृष्ण चित्रकार १ हजार ९८२, बुद्ध लामा १ हजार ९५६, गेल्जे लामा शेर्पा १ हजार ८१९, वंशलाल तामाङ १ हजार ७५६, अमृत गुरुङ १ हजार ६८९ र सुशील गुरुङ १ हजार ६४४ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.