Suchana Vatika

आरजु राणाको नाम जोडीएको भुटानी शरणार्थी प्रकरणः अदालतले दियो यस्तो आदेश

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित जलेका मिसिलहरू प्राप्त गर्न आदेश दिएको छ ।

पूर्व गृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध दायर मुद्दाको अन्तिम सुनुवाइका लागि आवश्यक मिसिल मगाउन अदालतले आदेश दिएको हो। उक्त मुद्दाको सुनुवाइका क्रममा जिल्ला अदालतले सो प्रकरणसँग सम्बन्धित जलेका मिसिल प्रमाणका रूपमा झिकाउन निर्देशन दिएको जनाएको छ ।

काठमाडौं जिल्ला अदालतमा करिब दुई वर्षदेखि विचाराधीन रहेको भुटानी शरणार्थीसम्बन्धी मुद्दाका केही मिसिल गत भदौ २४ गते भएको आगलागीमा जलेका थिए । त्यसपछि मिसिल पूर्ण रूपमा प्राप्त हुन नसक्दा सुनुवाइ प्रभावित हुँदै आएको थियो ।

आइतबार न्यायाधीश ध्रुवराज कार्कीको इजलासले अन्तिम सुनुवाइका लागि आवश्यक मिसिलहरू प्रमाणका रूपमा झिकाउने आदेश गरेको हो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार आगलागीमा जलेका मिसिलमध्ये केही प्रतिवादीसँग सम्बन्धित मिसिल मात्र प्राप्त भएका छन् । सबै मिसिल प्राप्त नभएकाले अदालतले प्रमाण झिकाउने आदेश जारी गरेको उनले जानकारी दिए ।

अदालतले आवश्यक मिसिल प्राप्त भएपछि मुद्दाको अन्तिम सुनुवाइ प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.