नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२ मा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउने उद्देश्यका साथ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन संयोजक तोकी चुनावी कमान्डर परिचालन गरेको छ । नेविसंघ केन्द्रीय कार्यालयले संगठनको विधान २०२७ को छैटौँ संशोधन २०७५ को धारा १२ (५) बमोजिम ती क्षेत्रहरूमा संगठनलाई प्रभावकारी रूपमा परिचालन गर्न जिम्मेवारी बाँडफाँट गरेको हो ।

यसअन्तर्गत सर्लाही क्षेत्र नं १ मा निर्मल अधिकारी (सफल) , क्षेत्र नं २ कईमूल मिकरानी (हुसैन), क्षेत्र नम्बर ३ रोशन पाण्डे , क्षेत्र नम्बर ४ सोनु कुसवालाई चुनावी कमान्डरका रूपमा जिम्मेवारी तोकिएको छ । संघले आसन्न निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउनका लागि क्षेत्रीय संयोजकहरूको टुङ्गो लगाएको जनाएको छ । यो परिचालनमार्फत निर्वाचनमा विद्यार्थी संगठनको भूमिकालाई सशक्त बनाउने र पार्टीका पक्षमा जनमत सिर्जना गर्ने लक्ष्य राखिएको छ ।केन्द्रीय कार्यालयका अनुसार तोकिएका संयोजकहरूले आ–आफ्नो क्षेत्रीय आवश्यकता र वस्तुस्थितिको विश्लेषण गरी निर्वाचन क्षेत्रमा विभिन्न उपसमितिहरू गठन गर्न सक्ने विशेष अधिकार समेत प्रदान गरिएको छ ।