Suchana Vatika

तोलाको कति ? सुनको भाउ हालसम्मकै उच्च

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारका लागि तोकिएको सुनको भाउ हालसम्मकै सर्वाधिक हो ।

Summary

  • नेपाली बजारमा छापावाल सुनको भाउ तोलाको २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सर्वाधिक हो।
  • हिजो बिहीबारको तुलनामा सुनको भाउ १ हजार ८ सय रुपैयाँले बढेको छ।
  • चाँदीको भाउ पनि नयाँ रेकर्ड कायम गर्दै तोलाको ४ हजार ५ सय ६५ रुपैयाँ पुगेको छ।

११ पुस, काठमाडौं । नेपाली बजारमा सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारका लागि तोकिएको सुनको भाउ हालसम्मकै सर्वाधिक हो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको छ । हिजो बिहीबारको तुलनामा यो १ हजार ८ सय रुपैयाँले बढी हो ।

बिहीबार छापावाल सुनको भाउ तोलाको २ लाख ६७ हजार ५ सय रुपैयाँ थियो ।

त्यसैगरी चाँदीको भाउले पनि नयाँ रेकर्ड कायम गरेको महासंघले जनाएको छ । हिजो बिहीबार तोलाको ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार १ सय ६५ ले बढेर ४ हजार ५ सय ६५ रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार छापावाल सुनको भाउ गत बुधबार तोलाको २ लाख ६८ हजार १ सय, मंगलबार २ लाख ६७ हजार २ सय, सोमबार २ लाख ६१ हजार ७ सय र आइतबार २ लाख ५८ हजार ३ सय रुपैयाँ थियो ।

Facebook Comments Box
By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.