Suchana Vatika

सीतारामको नेतृत्वमा नयाँ गठन, कांग्रेस विशेष महाधिवेशनले भंग गर्‍यो निर्वाचन समिति

२९ पुस, काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले नयाँ निर्वाचन समिति गठन गरेको छ ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो ।

यसअघिको समिति भंग गरेर केसीको संयोजकत्वमा नयाँ समिति गठन गरिएको हो । यसअघि पार्टीले खम्बबहादुर खाँतीको नेतृत्वमा निर्वाचन समिति बनाएको थियो ।

समितिको सदस्यहरुमा अशोक पोखरेल, गोकर्ण बंजाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम रहेका छन् ।

भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र जारी छ । अब बाँकी प्रक्रिया सुरु गरिने नेताहरुले जानकारी दिएका छन् । नयाँ  समितिले निर्वाचनको प्रक्रिया अघि बढाउनेछ ।

अहिले संस्थापन पक्षसँग वार्ता पनि चलिरहेको छ ।

Facebook Comments Box
By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.