Suchana Vatika

जेनजी आन्दोलन: जाँचबुझ आयोगले मुख्यसचिव अर्यालसँग को बयान

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग बयान लिएको छ ।

आयोगले बिहीबार आफ्नो कार्यालयमा बोलाएर मुख्यसचिव अर्यालको बयान लिएको हो । बयान दिएलगत्तै उनी राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी हुन सिंहदरबार गएका थिए ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले हालसम्म करिब ३० जना प्रहरी कर्मचारी तथा अधिकारीसँग बयान लिइसकेको छ ।

आयोगले आवश्यक परेमा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी लगायतलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ । आयोगलाई आफ्नो प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.