Suchana Vatika

स्वेच्छाचारी केपी ओलीलाई साथ दिएर एमालेमा नबस्नुस् : भीम रावल

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै डा. भीम रावललेनेपाल कम्युनिष्ट पार्टी (यू.एम.एल.) मा रहेका नेताहरूलाई नेपाल कम्युनिष्ट पार्टीमा आउन आग्रह गरेका छन्।  नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै रावलले ओलीको सत्ता लिप्सा प्रवृत्ति र पार्टी नेतृत्वमा हस्तक्षेप गर्ने प्रवृत्ति नसकिने भन्दै आफ्नो टिममा आउन आग्रह गरेका हुन् ।

खड्गप्रसाद शर्मा ओलीको दमन सहेर नबस्नु साथीहरू नेपाल कम्युनिष्ट पार्टीमा आउनुहोस् । हाम्रो यात्रा र उद्देश्यलाई कसैले छेक्न सक्ने छैन । नेपाल कम्युनिस्ट पार्टीबाट यात्रा अगाडि बढाउन म आग्रह गर्दछु।’ उनले भने, ‘एमालेमा रहेको मैपनि तन्त्र स्वेच्छाचारी व्यक्तिलाई साथ दिएर नबस्नुहोस् नेपाली जनताको आवश्यकता र नेपाल राष्ट्रको स्वाधीनताका लागि पनि यसमा आउनुहोस्।’

उनले सम्पूर्ण वाम शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिए।

By xihakulore1611

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.