Suchana Vatika

प्रतिनिधिसभा निर्वाचन दर्ताका लागि पहिलो दिनमै १२ निवेदन,राष्ट्रियसभा निर्वाचनका लागि दलले दर्ता

प्रतिनिधि सभाको निर्वाचनका लागि सोमबार १२ वटा दलले दर्ताको निवेदन दिएका छन् । निर्वाचन प्रयोजनका लागि नेपाली कम्युनिष्ट पार्टीराष्ट्रिय स्वतन्त्र पार्टीनेपाल मजदुर किसान पार्टीलगायत दलले दर्ताको निवेदन दिएका हुन् ।

आयोगको राजनीतिक दल महाशाखाका अनुसार, राष्ट्रिय सभाको निर्वाचनका लागि तीन दलले दर्ताको निवेदन दिएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि आयोगले आजबाट निवेदन लिन थालेको हो ।

त्यस्तै, आयोगले आज एउटा नयाँ दललाई दर्ताको प्रमाणपत्र दिएको छ । राजेश पटेल अध्यक्ष रहेको परिवर्तन दललाई आयोगले दर्ताको प्रमाणपत्र दिएको हो ।

By xihakulore1611

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.