Skip to main content

Suchana Vatika

सामाजिक सुरक्षालाई बोझ नठान्न निजी क्षेत्रलाई प्रधानमन्त्री कार्कीको आग्रह

अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्यायको पूर्णताका लागि प्रभावकारी सामाजिक सुरक्षा प्रणाली अपरिहार्य रहेको बताएकी छन् ।

आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सिंहदरवारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपालजस्ता मुलुकमा सामाजिक सुरक्षालाई दिगो र समानतामूलक बनाउन योगदानमा आधारित प्रणालीको प्रभावकारी कार्यान्वयनमा जोड दिइन् ।

उनले ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४’ को सफल कार्यान्वयनले नागरिकलाई स्वदेशमै श्रम गर्न प्रोत्साहन गर्ने र देशको समग्र उत्पादकत्व बढाउन आधार तयार पार्ने विश्वास व्यक्त गरिन् ।

“न्याय क्षेत्रमा लामो समय काम गरेको अनुभवले मैले सामाजिक न्यायको महत्व बुझेको छु,” प्रधानमन्त्री कार्कीले भनिन्, “तर वर्तमान भूमिकाको जिम्मेवारी हेर्दा परिपूर्ण सामाजिक सुरक्षाबिना सामाजिक न्याय सम्भव छैन । यस ऐनको सफल कार्यान्वयनले धनीले गरीबलाई र निरोगीले रोगीलाई सहयोग गर्ने सामाजिक ऐक्यबद्धताको सिद्धान्तमा आधारित उत्पादनमूलक समाज निर्माण गर्न सकिन्छ ।”

प्रधानमन्त्री कार्कीले एकीकृत र दिगो सामाजिक सुरक्षा प्रणालीका लागि औपचारिक क्षेत्रका श्रमिकको अनिवार्य आबद्धता, अनौपचारिक क्षेत्रका श्रमिकको कानूनी सह–योगदान र सरकारी कर्मचारीलाई पनि कोषमा आबद्ध गराउने विषयमा मन्त्रीहरूसँग छलफल भइरहेको जानकारी दिइन् । उनले कोषको रकमलाई न्यायोचित प्रतिफलसहित आन्तरिक पुँजीको रूपमा उपयोग गर्नुपर्नेमा पनि जोड दिइन् ।

कार्यक्रममा उनले निजी क्षेत्रलाई आफ्ना श्रमिक तथा कर्मचारीको सामाजिक सुरक्षालाई बोझको रूपमा नलिन आग्रह गरिन् ।

By xihakulore1611

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.