नेपाल कम्युनिष्ट पार्टी (यू.एम.एल.)का नेता महेश बस्नेतले जेनजी युवाहरूलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेका छन् । देशको समस्याको जड वर्तमान सरकार भए पनि त्यसको दोष आफूहरूमाथि थोपरिएको भन्दै उनले यस्तो आग्रह गरेका हुन् ।
सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै बस्नेतले समस्या सरकारले सिर्जना गरे पनि गालीगलौज र दबाब आफूहरूले खेप्नुपरेको गुनासो गरेका छन् ।
उनले लेखेका छन्, “समस्याको जरो सरकारतिर देखिन्छ । गालीगलौज र दबाब हामीमाथि दिइएको छ । त्यसैले जेनजी भाइबहिनीहरू हो सचेत र जिम्मेवार बनौँ ।”
उनको यो भनाइले युवाहरूको आक्रोश र दबाब सरकारतर्फ केन्द्रित हुनुपर्ने संकेत गरेको छ ।