सारांश
- नेपाली कांग्रेसले रौतहटको गौरस्थित करदाता सेवा कार्यालयका सामान सिमरा सार्न लागेपछि धर्ना दिएको छ।
- कांग्रेस मधेस प्रदेश समितिले गौरस्थित कार्यालय अगाडि सामान सार्नका लागि ल्याइएको ट्रक अगाडि धर्ना दिएको हो।
- कांग्रेस कार्यकर्ताहरूले ट्रकमा लोड गरिएका सामानसमेत अनलोड गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसले रौतहटको गौरस्थित करदाता सेवा कार्यालयका सामान सिमरा सार्न लागेपछि धर्ना दिएको छ । कांग्रेस मधेस प्रदेश समितिले गौरस्थित कार्यालय अगाडि सामान सार्नका लागि ल्याइएको ट्रक अगाडि धर्ना दिएको हो ।
जनताले पाउने सेवा सुविधामाथि प्रत्यक्ष असर पर्नेगरी सरकारले कार्यालय सार्न लागेको भन्दै प्रदेश कार्यसमितिको निर्णयानुसार धर्ना दिइएको कांग्रेस मधेस प्रदेश प्रचार प्रसार समिति संयोजक नितेशकमार गुप्ताले जानकारी दिए ।
उनले जनताको सेवासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयबाट कुनै स्पष्ट जानकारीबिना सामग्री हटाइनु आपत्तिजनक भएको पनि बताए । कांग्रेस कार्यकर्ताहरूले ट्रकमा लोड गरिएका सामानसमेत अनलोड गरेका छन् ।