Suchana Vatika

कांग्रेसको धर्ना – गौर करदाता सेवा कार्यालय सिमरा सार्न लागेपछि

सारांश

  • नेपाली कांग्रेसले रौतहटको गौरस्थित करदाता सेवा कार्यालयका सामान सिमरा सार्न लागेपछि धर्ना दिएको छ।
  • कांग्रेस मधेस प्रदेश समितिले गौरस्थित कार्यालय अगाडि सामान सार्नका लागि ल्याइएको ट्रक अगाडि धर्ना दिएको हो।
  • कांग्रेस कार्यकर्ताहरूले ट्रकमा लोड गरिएका सामानसमेत अनलोड गरेका छन्।

काठमाडौँ । नेपाली कांग्रेसले रौतहटको गौरस्थित करदाता सेवा कार्यालयका सामान सिमरा सार्न लागेपछि धर्ना दिएको छ । कांग्रेस मधेस प्रदेश समितिले गौरस्थित कार्यालय अगाडि सामान सार्नका लागि ल्याइएको ट्रक अगाडि धर्ना दिएको हो । 

जनताले पाउने सेवा सुविधामाथि प्रत्यक्ष असर पर्नेगरी सरकारले कार्यालय सार्न लागेको भन्दै प्रदेश कार्यसमितिको निर्णयानुसार धर्ना दिइएको कांग्रेस मधेस प्रदेश प्रचार प्रसार समिति संयोजक नितेशकमार गुप्ताले जानकारी दिए । 

उनले जनताको सेवासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयबाट कुनै स्पष्ट जानकारीबिना सामग्री हटाइनु आपत्तिजनक भएको पनि बताए । कांग्रेस कार्यकर्ताहरूले ट्रकमा लोड गरिएका सामानसमेत अनलोड गरेका छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.