Skip to main content

Suchana Vatika

सर्लाही-४ मा मतदान सुरु भएकै केही समयमै हुलदङ्गा

सर्लाही-४ को एक केन्द्रमा मतदान सुरु भएको केही समयै हुलदंगा भएको छ । केहीबेर तनाव हुँदा रोकिएको मतदान पुन: सुरु भएको छ ।
२१ फागुन, काठमाडौं । सर्लाही क्षेत्र नं. ४ मा मतदान सुरु हुनेबितिकै तनाव सुरु भएको छ ।

यो क्षेत्रको बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको हो ।
मतदान केन्द्रमा जम्मा भएका मतदाताहरूबीच हुलदङ्गा भएपछि केही समय स्थिति तनावग्रस्त पुगेको थियो ।

विवादपछि भएको तनावले केहीबेर मतदान अवरुद्ध भएको थियो अहिले मतदान पुनः सुरु भएको छ ।

By xihakulore1611

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.