Suchana Vatika

उत्तरी गोरखाको मतपेटिका बोकेको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण

२२ फागुन, गोरखा । उत्तरी गोरखाको मतपेटिका बोकेर उडेको नेपाली सेनाको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण गरेको छ ।

खराब मौसमका कारण गोरखा सदरमुकाममा अवतरण हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त हेलिकप्टरमा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित गौरिशंकर आधारभूत विद्यालय खाङसार र साम्दो आधारभूत विद्यालय मतदान केन्द्रको मतपेटिका रहेको डीएसपी राजकुमार श्रेष्ठले बताए ।
‘उत्तरी गोरखाको २३ वटा मतदान केन्द्रमध्ये पहिलो लटमा ७ मतदान केन्द्रको मतपेटिका आयो,’ उनले भने, ‘दोस्रो लट लिएर आउँदा गोरखा सदरमुकममा अवतरण हुन नसकेर पोखरा पुगेको हो ।’

By xihakulore1611

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.