Suchana Vatika

भ्रष्टाचार आरोपमा चीनका २ पूर्वरक्षामन्त्रीलाई सम्पत्ति जफतसहित मृत्युदण्ड सजाय

२५ वैशाख, काठमाडौं । चीनले भ्रष्टाचारको मामिलामा दुई पूर्व रक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको छ। सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, दुवैलाई पहिले २ वर्ष जेलमा राखिनेछ।

यदि उनीहरूले ती दुई वर्षसम्म कुनै नयाँ अपराध गरेनन् भने सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिनेछ।
चीनका पूर्व रक्षामन्त्री ली साङ्फुलाई गत वर्षको अक्टोबरमा अचानक पदबाट हटाइएको थियो। उनी करिब दुई महिनासम्म सार्वजनिक रूपमा देखा परेका थिएनन्, जसले गर्दा धेरै किसिमका अड्कलबाजीहरू सुरु भएका थिए।

अहिले पहिलोपटक चिनियाँ अधिकारीहरूले आधिकारिक रूपमै उनीविरुद्ध भ्रष्टाचारसँग जोडिएको अनुसन्धान चलिरहेको कुरा स्वीकार गरेका छन् ।

सीसीटीभीको रिपोर्टअनुसार सैन्य अनुशासन अनुसन्धान एजेन्सीले लीले ‘गम्भीर रूपमा पार्टीको अनुशासन र कानुनको उल्लङ्घन’ गरेको पाएको बताएको छ। उनीमाथि ठूलो मात्रामा घुस लिएको, अरूलाई घुस दिएको र पदको दुरुपयोग गरेको आरोप लगाइएको छ।

रिपोर्टमा भनिएको छ- लीका गतिविधिहरूले सेनाको हतियार विकास र सैन्य उपकरणहरूको छविमा भारी नोक्सान पुर्‍याएको छ।

पूर्व रक्षामन्त्री वेई फेङ्गेमाथि पनि कारबाही

चीनका पूर्व रक्षामन्त्री वेई फेङ्गेमाथि घुस लिएको र आफ्नो पदको दुरुपयोग गरेको आरोप लगाइएको छ। चीनको सैन्य अदालतले उनलाई भ्रष्टाचारको दोषी ठहर गरेको छ।

अनुसन्धान प्रतिवेदनअनुसार, वेई फेङ्गेले रक्षा मन्त्रालय र सेनासँग जोडिएका निर्णयहरूमा फाइदा पुर्‍याएबापत घुस लिएका थिए।

वेई फेङ्गे चीनका वरिष्ठ सैन्य अधिकारीहरूमध्ये गनिन्थे। उनी चीनका पूर्व रक्षामन्त्री हुनुका साथै चिनियाँ सेनाको ‘रकेट फोर्स’ का कमान्डर पनि भइसकेका छन्। रकेट फोर्सले चीनको मिसाइल र परमाणु हतियार प्रणाली सम्हाल्छ।
रकेट फोर्स अनुसन्धानको निसानामा

रिपोर्टका अनुसार, चीनमा चलिरहेको भ्रष्टाचार अनुसन्धानको सबैभन्दा ठूलो केन्द्र ‘पीएलए रकेट फोर्स’ र सेनाको हतियार खरिद विभागलाई मानिएको छ। पीएलए रकेट फोर्स चिनियाँ सेना देशको परमाणु मिसाइल र लामो दूरीका ब्यालेस्टिक मिसाइलहरूलाई सम्हाल्ने निकाय हो ।

यसलाई चीनको सैन्य शक्तिको निकै महत्त्वपूर्ण हिस्सा मानिन्छ, किनभने आवश्यक परेको खण्डमा यसै युनिटले परमाणु हमला गर्ने क्षमता राख्छ।

सेनाका लागि हतियार खरिद, रक्षा सम्झौता र सैन्य उपकरणको आपूर्तिमा ठूलो मात्रामा भ्रष्टाचार भएको अनुसन्धान एजेन्सीहरूको आशङ्का छ। कैयौँ अधिकारीहरूले ठेक्का दिन र ठूला सैन्य सम्झौताहरूमा घुस लिएको आरोप छ।

सेन्ट्रल मिलिट्री कमिसनले गरेको थियो अनुसन्धान

ली साङ्फु र वेई फेङ्गेको मामिलामा सेन्ट्रल मिलिट्री कमिसन (सीएमसी) का अनुसन्धान एजेन्सीहरूले भ्रष्टाचार र घुसखोरीका आरोपहरूको अनुसन्धान गरेका थिए।

सीएमसी चीनको सर्वोच्च सैन्य संस्था हो, जसले चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) र चिनियाँ सरकारको तर्फबाट सेनामाथि नियन्त्रण राख्छ। चीनका राष्ट्रपति सी जिनपिङ सीएमसीका अध्यक्ष हुन्।

यसैको मातहतमा पिपुल्स लिबरेसन आर्मी (पीएलए), पिपुल्स आर्म्ड पुलिस (पीएपी) र मिलिसियाहरूले काम गर्छन्।

पछिल्लो एक वर्षमा चीनको सैन्य र एरोस्पेस क्षेत्रसँग जोडिएका दर्जनौँ वरिष्ठ अधिकारीहरूलाई उनीहरूको पदबाट हटाइएको छ। विज्ञहरूका अनुसार यो कारबाही राष्ट्रपति सी चिनफिङको भ्रष्टाचार र अविश्वासविरुद्धको अभियानकै एउटा कदम हो ।

By xihakulore1611

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.