Skip to main content

Suchana Vatika

महाधिवेशन विवादमा गुरुङको सुझाव : माघमा नियमित अधिवेशन

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पुस मसान्तभित्र नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनले पुस मसान्तभित्र नसकिए माघको पहिलो साता नियमित महाधिवेशन गर्नुपर्ने बताएका हुन् ।
‘मेरो जोड के हो भन्दाखेरि एउटा जोड्ने ठाउँ राखौं । त्यो भनेको सबैलाई जोडेर नियमित महाधिवेशन पौष मसान्त नभए मागको पहिलो हप्तासम्म गरौँ,’ उपसभापति गुरूङले भने ।

उनले जेनजी आन्दोलनपछिको परिस्थितिमा उनीहरूसँग वार्ता गर्नुपर्ने आवश्यकता औंल्याए । बैठकमा उपसभापति गुरूङले राखेको धारणाबारे एक नेताले भने, ‘जेनजीसँग वार्ता गरेर अगाडि बढ्नुपर्छ भन्ने कुरा राख्नुभयो। नियमित अधिवेशन गर्नुपर्छ भन्नुभयो ।’
उपसभापति गुरूङले सभापति शेरबहादुर देउवाका प्रति पार्टीमा गरिएको पछिल्लो व्यवहारप्रति आपत्ति जनाए । ‘भदौ २२ गतेसम्म त्यही श्रद्धेय नेता शेरबहादुर देउवा दुहुनो गाई । अनि भदौ २४ गते पछि त्यही शेरबहादुर देउवा र धर्मपत्नी उहाको धर्मपत्नी माथि सांघातिक आक्रमण भइकेपछि २५ गतेबाट थारो गाई,’ उनले बैठकमा भने ।

उपसभापति गुरूङले अनुशासनको कारबाहीमा परेका पार्टीका नेता–कार्यकर्ता माफी दिनुपर्ने धारणासमेत राखेका छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.