Suchana Vatika

गगनलाई किशोरको कटाक्ष : देउवालाई मात्र दोष दिनु ठीक हो ?

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले निर्वाचन अगाडि महाधिवेशन गर्ने निर्णय गरिए ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी दिएका छन् ।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले निर्वाचन अगाडि कुनै हालतमा अधिवेशन हुन नसक्ने जिकिर गरे । देश गृहयुद्धमा जान लागेको भन्दै सहमहामन्त्री राठौरले कांग्रेस जसरी पनि चुनावमा जानुपर्ने बताए ।
‘गगनजीहरू बढी पपुलर कुरा गर्नुहुन्छ, हामी त्यो गर्दैनौं । पार्टीको एकता गर्ने मान्छे शेरबहादुर देउवा गलत, तपाईंहरू मात्र ठीक ?,’ उनले प्रश्न गर्दै भने, ‘शेरबहादुर देउवामात्र होइन, हामी सबै पदाधिकारी पनि गलत हो ।’

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.