Suchana Vatika

राष्ट्रिय स्वतन्त्र पार्टी देशकै पहिलो पार्टी बनाउने हाम्रो लक्ष्य छ वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनमा रास्वपा देशकै पहिलो दल बन्ने दाबी गरेका छन्। पार्टी कार्यालयमा आयोजित प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले अहिले चौथो शक्तिमा रहेको पार्टीलाई अब नम्बर–१ बनाउन लक्ष्यसहित अघि बढिरहेको बताए। उनले २०७९ को मंसिर ४ को निर्वाचन स्मरण गर्दै रास्वपाले छोटो समयमा करिब १२ लाख मत प्राप्त गर्दै स्थापित भएको उल्लेख गरे।

फागुन २१ गते हुने आसन्न निर्वाचनलाई लक्षित गर्दै वाग्लेले रास्वपाको प्रमुख लक्ष्य सत्ता संरचनामा शीर्ष स्थान हासिल गर्नु रहेको बताए। उनले मतदाता नामावली अद्यावधिक गर्न बाँकी समय अत्यन्तै कम भएको भन्दै देश–विदेशका नेपालीलाई मंसिर ५ गतेभित्र नाम दर्ता गर्न आग्रह गरे। वाग्लेले भोलिमात्रै एकदेखि डेढ लाख मतदाता थपिन सक्ने अपेक्षा व्यक्त गरे।

कार्यक्रममा उनले रास्वपाले देशको वास्तविक स्वरूपलाई प्रतिनिधित्व गर्ने पार्टी बन्न खोजिरहेको बताए। सुदूरपश्चिमदेखि मधेस र काठमाडौंसम्म विभिन्न पेशा–व्यवसायका व्यक्तिहरू पार्टीमा आकर्षित भइरहेको उदाहरण दिँदै समावेशीपन र विविधता नै रास्वपाको पहिचान बन्नुपर्ने उनकाे भनाइ थियो। कार्यक्रममा आनन्द मिश्र, उद्यमी भुवन केसीलगायत १५ जना विभिन्न क्षेत्रका व्यक्तिहरू पार्टीमा प्रवेश गरेका थिए।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.