प्रधानमन्त्री कार्कीले जेन-जी (Gen-Z) आन्दोलनका प्रतिनिधिसँगको सम्झौताको मस्यौदालाई चाँडो अन्तिम रूप दिन निर्देशन दिएकी छन् । उनले कर्मचारी प्रशासनलाई नआत्तिन भन्दै सो सम्झौताका कारण कुनै समस्या आए त्यसको जिम्मेवारी स्वयं आफू र मन्त्रिपरिषद्ले लिने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले हस्ताक्षरको काम सोमबारभित्रमा टुङ्गो लगाउन पनि निर्देशन दिएकी छन् ।
जेन-जी सम्झौताको भार म बेहोरौँला: प्रम कार्की