Suchana Vatika

रास्वपा, एमालेसहितका दलले अझै खोलेनन् बैंंक खाता

काठमाडौं । आसन्न प्रतिनिधि सभा  चुनावी प्रचारप्रसारका गर्नका लागि निर्वाचन आयोगबाट ११ राजनीतिक दलले मात्र छुट्टै बैंक खाता खोल्न सिफारिस लिएका छन् । ११ दलले मात्र  सिफारिस लिएका आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले  सजिलो पत्रिकालाई जानकारी दिए ।

यस अघि नै आयोगले चुनावी प्रचारका निम्ति दल र उमेदवारलाई छुट्टै बैंक खाता खोल्न भनेको थियो । तर, अहिले सम्म जम्माभट्टराईका अनुसार, हालसम्म एक हजार ६७० उमेदवारले मात्र छुट्टै बैंक खाता खोलेका छन् । कतिपय दलहरूले आयोगको निर्देशन अटेर गरेका हुन् ।

आयोगको निर्देशनबमोजिम हालसम्म नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), राष्ट्रिय जनमोर्चा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टीले आयोगबाट सिफारिस लिएका छन् ।

यस्तै, जनता समाजवादी पार्टी, संयक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीले पनि छुट्टै बैंक खाता खोल्न आयोगबाट सिफारिस लिएका छन् । 

नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका दलले भने छुट्टै खाता सञ्चालनका निम्ति अझै सिफारिस लिएका छैनन् ।आयोगले चुनावी प्रचारको खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन छुट्टै बैंक खाता खोल्न भनेको थियो । यो विषय निर्वाचन आचारसंहितामा नै उल्लेख छ ।  

यसपालि प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार ४६० उमेदवार प्रतिस्पर्धामा छन् । ६१ चुनाव चिह्नमा ६५ राजनीतिक दल मैदानमा छन् ।

By xihakulore1611

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.