Suchana Vatika

आशा भोसले : नेपालले सधैँ सम्झिनेछ ‘गैरी खेत’की सुप्रसिद्ध गायिकालाई

काठमाडौँ । सुप्रसिद्ध भारतीय गायिका आशा भोसले अब भौतिक रूपमा हामीमाझ रहिनन् । आइतबार कार्डियाक अरेस्टका कारण ९२ वर्षको उमेरमा उनको निधन भएको छ । 

मराठी गीत गाएर सांगीतिक यात्रा सुरू गरेकी उनले सन् १९४८ मा फिल्मको ‘चुनरिया’को ‘सावाँ आया’ गीतमार्फत बलिउडमा पार्श्व गायनको यात्रामा सुरू गरेकी थिइन् । उनका चुरालिया है तुम ने जो दिलको, दिल चीज क्या है, दम मारो दम, ए मेरा दिल, जवानी जाने मन, रंगीला रे, तन्हा तन्हा लगायत सयौं गीत लोकप्रिय छन् । ‘सैंया बिना’ उनको रिलिज भएको अन्तिम गीत हो, जुन एक वर्षअघि आएको थियो । 

जादुमयी आवाज, मीठो टोन र उत्कृष्ट गायकीकी संगम आशा भोसलेले थुप्रै नेपाली गीत समेत गाएर नेपाली पार्श्व गायन अमिट छाप छोडेकी छन् । फिल्म ‘प्रेमपिण्ड’को ‘गैरी खेतको शिरै हान्यो’ गीतबाट धेरै नेपालीले उनलाई सम्झिन्छन् । यस्तै ‘चिनो’का लागि नारायणगोपालसँग गाएको ‘मोहनी लाग्ला है’, ‘स्वर्ग’को ‘दियो बाली साँझको’ गीत पनि उत्तिकै लोकप्रिय छन् । 

साथै, मिरमिरे साँझमा, एउटा मान्छे मनपर्छ, यति धेरै माया दियौ, आज हाम्रो भेट भाको दिन, को होला मेरो मायालु, साउने झरीमा, किन बढ्दैछ ढुकढुकी,  पहाडको माथि माथि, तिम्रो मनमा लुकेको कुरा, तिमी मेरो म तिम्रो, तिम्रो आँखाको सागरमा लगायत दर्जनौं गीत लोकप्रिय छन् । खासगरी स्वरसम्राट नारायणगोपालसँग उनको युगल गायन निकै जमेको थियो । 

भारतकी सुप्रसिद्ध गायिका लता मंगेसकर आशाकी दिदी हुन् भने अर्की प्रसिद्ध गायिका उषा मंगेसकर बहिनी हुन् । 

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.