गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टी नेतृत्वसँग समन्वय नगरी मन्त्रिपरिषद् हेरफेर गर्दै एमालेसँगको गठबन्धन कायम राखेका छन्।
कांग्रेसभित्र विवाद बढिरहेका बेला यस्तो कदमले आन्तरिक राजनीति थप पेचिलो बनेको नेताहरूको भनाइ छ।
एमालेसँग सहकार्य कायम राख्दै नेतृत्व भने कांग्रेसकै हातमा राख्ने रणनीति पाण्डेको रहेको स्रोतको दाबी।
यस निर्णयलाई पार्टी केन्द्रलाई चुनौतीको रूपमा समेत हेरिएको छ।